नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुलाई थप ३ दिन हिरासतमा राख्न अनुमति – Nepal Press

नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुलाई थप ३ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । काठमाडौं प्रहरी परिसरले नक्कली भुटानी शरणार्थी ठगी प्रकरणमा पक्राउ गरिएका १६ जनामाथि अनुसन्धानका लागि थप तीन दिनकाे अनुमित पाएको छ ।

काठमाडौं जिल्ला अदालतले यस प्रकरणमा पक्राउ परेका  उनीहरूलाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । प्रहरीले ५ दिनकाे समय माग गरे पनि अदालतले ३ दिन मात्रै दिएकाे हाे ।

यो प्रकरणमा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, गृहमन्त्री बालकृष्ण खाणलगायत १६ जना पक्राउ परिसकेका छन् । पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतिकसहित करिब एक दर्जन फरार रहेको बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *