माओवादीको दाबी- सरकारको गतिले जनतामा सकारात्मक सन्देश दिएको छ (भिडिओ) – Nepal Press

माओवादीको दाबी- सरकारको गतिले जनतामा सकारात्मक सन्देश दिएको छ (भिडिओ)

काठमाडौं । नेकपा माओवादी केन्द्रले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको गतिले नेपाल र नेपाली जनतालाई सकारात्मक सन्देश दिएको बताएको छ ।

समसामयिक परिस्थितिबारे पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उपाध्यक्ष कृष्णबहादुर महराले नक्कली भुटानी शरणार्धीमाथि कारवाही, मिटरव्याज पीडितलाई न्याय दिन कानून निर्माण, विदेशमा रहेका नेपालीलाई सामाजिक सुरक्षा कोषमा आव, बिदाको दिनमा कार्यालय सुचारु राख्ने कामले सकारात्मक सन्देश दिएको बताए ।

उनले भने, ‘इतिहासमै पहिलो पटक समयमै पाठ्यपुस्तक विद्यालयमा पुग्याइएको, रोकिएको घरजग्गा कारोवार फुकुवा, अर्थतन्त्रमा सुधार, खेलाडीहरुलाई पुरस्कार, दुधको मुल्यमा समायोजन, राष्ट्रिय परिचयपत्र ७७ वटै जिल्लाबाट वितरण, खाद्यवस्तुमा विषादीको परीक्षण, मौद्रिक र वित्तीय नीतिमा खुकुलोपन आदि सरकारका सकारात्मक कदमहरु हुन् ।’

सुरकारको नीति तथा कार्यक्रममा कृषि क्षेत्रमा उत्पादन र उत्पादकत्व वृद्धिगरी आत्मनिर्भर हुने, रोजगारी प्रवर्दन कम्तिमा पाँच लाख रोजगारी सृजना गर्ने, सबैको घरधुरीमा विजुली पुर्याउने, शान्ति प्रक्याका बाँकी काम पुरा गर्ने समेटिएको बताए।
नेपालमा निर्मित सामाग्रीको प्रवर्दन गर्ने, सुशासन, भ्रष्टाचार विरुद्ध शुन्य सहनशीलता कायम गर्ने, वित्तीय अनुशासनमा मितव्ययीता अपनाउने, शिक्षालाई विद्यालयको सुधार गरी व्यवस्थित गर्ने, पर्यटन दई मनाउने, सबै अस्पतालहरुमा विशेषज्ञ डाक्टरहरु सुनिश्चित गर्ने आदि जस्ता अरु थुप्रै प्रतिवद्धताहरुले सरकार अघि बढेको उनको भनाइ छ ।

 


प्रतिक्रिया

One thought on “माओवादीको दाबी- सरकारको गतिले जनतामा सकारात्मक सन्देश दिएको छ (भिडिओ)

  1. सरकारको गतिले जनतामा सकारात्मक सन्देश दिएको भन्ने माअोादी दलको दावी हो भने केन्टोनमेन्टमा उठेका कुराहरूको निश्पक्ष जाँचबुझ गराउन किन अानाकानी ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर