ओलीको दाबी : शरणार्थी प्रकरणमा दोषीलाई उम्काउने, निर्दोषलाई फसाउने कोसिस भइरहेको छ (भिडिओ) – Nepal Press

ओलीको दाबी : शरणार्थी प्रकरणमा दोषीलाई उम्काउने, निर्दोषलाई फसाउने कोसिस भइरहेको छ (भिडिओ)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिनलाई निष्पक्ष र तटस्थ ढंगले गर्न माग गरेका छन्।

प्रतिनिधि सभाको बैठकमा सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि छलफलको क्रममा बोल्दै तीन दलका शीर्ष नेताहरुबीच सदन चलाउने विषयमा भएको छलफलप्रति आशंका गरिएकोप्रति आक्रोश व्यक्त गरे।

उनले भने, ‘कोही पनि अपराधी नउम्कने गरी र निर्दोष नपरोस्। म तथ्य प्रमाणसहित भन्दै छु दोषीलाई उम्काउने प्रयास भइरहेको छ। निर्दोषलाई फसाउने कोसिस भइरहेको छ। त्यो कुरा बन्द गरियोस्। दोषीमाथि कारबाही अगाडि बढाओस्।

यो प्रकरणमा मन्त्रिपरिषद् र नेताहरूले छानबिनमा प्रभाव पार्न आवश्यक नभएको बताए।

राजनीति अभीष्ट साँध्न निर्दोषलाई फसाउने काम नगर्न पनि सचेत गराए।

भ्रष्टाचारीमाथि छानबिन गर्न एमाले तयार रहेको बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर