सिर्जना सिंहको प्रश्न : कति बीपीको नाम भजाउँछौ ? – Nepal Press

सिर्जना सिंहको प्रश्न : कति बीपीको नाम भजाउँछौ ?

काठमाडौं । काठमाडौं महानगरको स्थानीय चुनावको प्रमुखकी उपविजेता तथा काङ्ग्रेस नेता प्रकाशमान सिंह पत्नी सिर्जना सिंहले बीपीको नाम धेरै भजाएको भन्दै ट्विट गरेकी छिन् ।

बीपीले कम्युनिष्टसँग मिल्न हुन्न भनेको तर गणेशमानले मिलेर जनआन्दोलनबाट प्रजातन्त्र ल्याएको भन्दै सिंहले यस्तो तर्क गरेकी हुन् ।

उनले लेखेकी छिन्, ‘कति बिपीको नाम भजाउँछौ ? समाज परिवर्तनशील छ। बिपी कम्युनिष्टसँग मिल्न हुँदैन भन्नुहुन्थ्यो । ०४६ सालमा गणेशमानसिंहले कम्युनिष्टसँगै मिलेर जनआन्दोलन सफल पारे । देशमा संवैधानिक राजतन्त्र सहित प्रजातन्त्र ल्याए। राजाले संविधान लत्त्याइ शासन सत्ता आफ्नो हातमा लिए परिणाम जनताले गणतन्त्र ल्याए ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर