कम्युनिष्ट दलहरू भ्रष्टिकरणमा फसिसके : पूर्व प्रधानमन्त्री भट्टराई (भिडिओ) – Nepal Press

कम्युनिष्ट दलहरू भ्रष्टिकरणमा फसिसके : पूर्व प्रधानमन्त्री भट्टराई (भिडिओ)

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले कम्युनिष्ट दलहरू भ्रष्टिकरणमा फसिसकेको आरोप लगाएका छन् ।

शनिवार समाजवादी पार्टी जिल्ला समन्वय समिति ललितपुरले आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा भट्टराईले आफूलाई कम्युनिष्ट भन्ने एमाले माओवादीमा राज्य संयन्त्र कब्जा गर्ने र पुरै भ्रष्टिकरण भएर जाने देखिएको आरोप लगाए ।

उनले कांग्रेस पुरानो बिचार लिएर दिसाहीन भएर बसेको र विविधथरीको खिचडी जस्तो पार्टी भएकाले कांग्रेस, एमाले र माओवादीले देशको समस्या हल गर्न नसक्ने जिकिर गरे ।

भट्टराईले राप्रपा भन्ने पार्टी राजतन्त्रको भूत भएको र त्यसबाट तर्सनुपर्ने पर्ने अवस्था नरहेको उल्लेख गरे ।

अहिले आएका नयाँ भन्ने पार्टीहरूलाई भने अहिले नै खराब भन्न नमिल्ने भए पनि उनीहरूमा कुनै बिचार र योजना तथा नीति नै नरहेको उनले टिप्पणी गरे ।

उनले एउटै चिन्हबाट चुनाव लडेकाले आफ्नो पार्टी र माओवादीको एउटै संसदीय दल भए पनि माओवादीसँग कुनै एकता नभएको बताए ।

अध्यक्ष भट्टराईले ज्येष्ठ २५ र २६ गते पार्टीको केन्द्रीय समितिको बैठक बस्ने र अहिलेसम्मको समीक्षाका साथ भावी योजना तयार गर्ने जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर