नीति तथा कार्यक्रममाथि ओलीको टिप्पणी- नजान्ने विद्यार्थीले चिट चोरेजस्तो (भिडिओ) – Nepal Press

नीति तथा कार्यक्रममाथि ओलीको टिप्पणी- नजान्ने विद्यार्थीले चिट चोरेजस्तो (भिडिओ)

जनतालाई सबैभन्दा महँगो सरकार बनिसक्यो

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले ल्याएको नीति तथा कार्यक्रमले कुनै कुरालाई सम्बोधन गर्न नसक्ने बताएका छन्।

सरकारले शुक्रवार संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि छलफल गर्न बसेको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले भने, ‘पञ्चवर्षीय योजना भनेको पाँचवटा नीति तथा कार्यक्रम पाँच वटा बजेट हो। तर, त्यसतिर छुवाएकै छैन। त्यसतिर अर्थ राखेको छैन। हामी अर्को पञ्चवर्षीय योजनामा कसरी प्रवेश गर्छौँ भन्ने कुरा आउनुपर्ने हो। तर, यो यस कोणबाट हेर्दा नजान्ने विद्यार्थीले चिट चोरेको जस्तो छ। विभिन्न ठाउँमा लिइएको छ। अघि उहाँले भन्नुभयो हामीले राखेको कार्यक्रम पनि राख्नुभएको रहेछ भनेर त्यो राख्या हैन परेको। त्यो चिट चोर्ने बेलामा परेको हो। राख्ने खालको परिस्थिति नै छैन।’

अर्थतन्त्र संकटमा गइरहेको बेलामा सुधारको कुनै कार्यक्रम ल्याएको बताए।

उनले भने, ‘यो त नजानेर बेग्लै कुरा हो। सबै राम्रा शब्दहरूलाई राख्न खोजेको छ। कार्यान्वयन गर्न होइन। यो समाजप्रति गम्भीर छैन। सबैभन्दा महँगो त जनतालाई सरकार बनेको छ। देशलाई नै टाट पल्टाइसक्यो।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर