नक्कली भुटानी शरणार्थी प्रकरणमा कसैले कसैलाई बचाऊ गर्ने अवस्था छैन: सञ्चारमन्त्री शर्मा (भिडिओ) – Nepal Press

नक्कली भुटानी शरणार्थी प्रकरणमा कसैले कसैलाई बचाऊ गर्ने अवस्था छैन: सञ्चारमन्त्री शर्मा (भिडिओ)

काठमाडाैं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नक्कली भुटानी शरणार्थी प्रकरणमा कसैले कसैलाई पनि बचाऊ गर्न सक्ने अवस्था नरहेको बताएकी छन् ।

सरकारले आफैँ भित्र त्यो देखिएपनि त्यसलाई कारबाही गरेर अघि बढ्ने संकल्प लिएको पनि उनले स्पष्ट पारिन ।

प्रेस सेन्टर नेपाल, प्रतिष्ठान प्रदेश समितिले शनिवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सरकारले राम्रो कामको सुरुवात गरिरहेको दाबी समेत गरिन् ।

मन्त्री शर्माले माओवादी मन्त्रीहरूले विगत र अहिले पनि अरू दलका मन्त्रीहरूले भन्दा रामो काम गरिरहेको जिकिर गरिन् ।

बदमासी माओवादी पार्टीबाट मन्त्री बनेकाहरूले पनि गरेको हुन सक्ने स्वीकार गर्दै उनले अरू दलका मन्त्रीहरूको तुलनामा भने कम गल्ती
गरेको बताइन् ।

उनले प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो तेस्रो कार्यकाल बढी सुझबुझपूर्ण ढंगले अघि बढाएको भन्दै प्रशंसा समेत गरिन् ।

मन्त्री शर्माले सरकारले राम्रो काम गरिरहेको उल्लेख गर्दै त्यसको प्रचारप्रसारको काम गरिदिन पनि सञ्चार माध्यमहरुलाई आग्रह गरिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर