उपाधिका लागि साबित्राको गोकुलम केरेला र सरूको किकस्टार्ट भिड्ने – Nepal Press

उपाधिका लागि साबित्राको गोकुलम केरेला र सरूको किकस्टार्ट भिड्ने

काठमाडौं । एफसी इन्डियन वुमन्स लिग (आइडब्लुएल) को उपाधिका लागि गोकुलम केरेला र किकस्टार्ट एफसी भिड्ने भएका छन् ।

नेपाली राष्ट्रिय महिला फुटबल टीमकी स्ट्राइकर साबित्रा भण्डारी सम्मेलित गोकुलम केरेलाले दोस्रो सेमिफाइनलमा इस्टर्न स्पोर्टिङ्ग एफसीलाई ५–१ ले पराजित गरेको थियो ।

गोकुलमको जितमा सावित्रा र इन्दुमाथि कथिरेसनले समान दुई तथा विभियन कोनाडु एडजेइ एक गोल गरे । इस्टर्न स्पोर्टिङ्गका लागि यमनाम कमला देवीले सान्त्वना एक गोल गरिन् ।

फाइनल खेल आइतबार हुनेछ। किकस्टार्टमा नेपाली राष्ट्रिय महिला महिला टोलीका मिडफिल्डर सरु लिम्बु र रेनुका नगरकोटी आबद्ध छन् ।

किकस्टार्टले फाइनलको टिकट पक्का गर्नेक्रममा नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान तथा गोलकिपर एन्जिला तुम्बाप्पो सुब्बा सम्मेलित सेथु एफसीलाई २–० ले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर