नीति तथा कार्यक्रमबारे एमालेको प्रतिक्रिया- ज्यान छ, जीवन छैन (भिडिओ) – Nepal Press

नीति तथा कार्यक्रमबारे एमालेको प्रतिक्रिया- ज्यान छ, जीवन छैन (भिडिओ)

काठमाडौं । नेकपा एमालेले नीति तथा कार्यक्रमको ज्यान भएको तर जीवन नभएको टिप्पणी गरेको छ ।

आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै सचिव योगेश भट्टराईले भने, ‘यो नीति तथा कार्यक्रम ज्यान भएको जीवन नभएको, प्राण नभएको यसको कुनै सपना छैन, जोश छैन, जाँगर छैन ।’

अहिले मुलुकमा भएको समस्याको समाधान गर्ने कुनै ठोस प्रस्ताव र कार्यक्रम नभएको बताए ।

उनले भने, ‘भएभरका सबै कुरा छन् तर केही पनि छैन । त्यसैले यसले आज हामीले भोगिरहेका आर्थिक, सामाजिक र व्यवस्थामाथिकै चुनौती छन् । त्यसलाई ठोस कार्ययोजना छैन ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर