रास्वपाले भन्यो- नीति तथा कार्यक्रममा ठोसकुरा छैन, आर्थिक संकटलाई सम्बोधन गर्दैन (भिडिओ) – Nepal Press

रास्वपाले भन्यो- नीति तथा कार्यक्रममा ठोसकुरा छैन, आर्थिक संकटलाई सम्बोधन गर्दैन (भिडिओ)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारले ल्याएको नीति तथा कार्यक्रमले अहिलेको आर्थिक संकटलाई सम्बोधन गर्न नसक्ने बताएका छन् ।

आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले ठोस कुरा केहीपनि आएको टिप्पणी गरे ।

उनले भने, ‘यसबारे सदनमा छलफल त हुने नै छ । यो नीति तथा कार्यक्रम आज हामी जुन आर्थिक अवस्थामा छौं । त्यसलाई ठोस रुपमा सम्बोधन गर्नेगरी आएको छैन । यसमा सैद्धान्तिक छलफल गर्न आवश्यक छ । यसले आजको आर्थिक जटिलतालाई सम्बोधन गर्न सक्दैन ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर