निजगढ विमानस्थलको निर्माण कार्य अघि बढाइने – Nepal Press
नीति तथा कार्यक्रम

निजगढ विमानस्थलको निर्माण कार्य अघि बढाइने

काठमाडौं । सरकारले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणको काम अघि बढाउने भएको छ ।

आगामी आर्थिक वर्ष २०८०/२०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सो विमानस्थल निर्माणअघि बढाइने बताएका छन् ।

लामो समयदेखि निर्माण गर्ने चर्चा भएको निजगढ अन्र्तराष्ट्रिय बिमानस्थल अहिले भने निर्माण गर्नुपर्ने नपर्ने दुइ खालको बहस चलिरहेको थियो ।

यसैबीच सरकारले निर्माण सुरु गर्ने स्पष्ट पारेको छ । यस्तै, निर्माण सम्पन्न भएका विमानस्थलाई पूर्ण क्षमतामा सञ्चालनमा ल्याइने, हवाइसुरक्षा सम्बन्धी मापदण्ड कडाइका साथ पालना गरिने र वायुसेवा निगमको पुर्नसंरचना गर्ने नीति लिने पौडेलले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर