स्वदेशी कच्चा पदार्थ प्रयाेग गर्ने उद्योगलाई सहजरूपमा जग्गा उपलब्ध गराइने – Nepal Press

स्वदेशी कच्चा पदार्थ प्रयाेग गर्ने उद्योगलाई सहजरूपमा जग्गा उपलब्ध गराइने

काठमाडौं । सरकारले स्वादेशी कच्चा पदार्थ प्रयोग गरेर वस्तु उत्पादन गर्ने उद्योगका लागि सहजरुपमा जग्गा उपलब्ध गराउने भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कृषिसँग जोडिएका तथा अन्य नेपाली कच्चा पदार्थको प्रयोग गरेर वस्तु उत्पादन गर्ने उद्योगले सरलीकृत तरिकाले जग्गा पाउने बताए ।

उद्योग सञ्चालनको लागि आवश्यक पर्ने जग्गाको समय हेरफेर गरिने पनि राष्ट्रपति पौडेलले बताए ।

नेपालमा उद्योग सञ्चालन गर्न जग्गा पाउनै कठीन अवस्था रहेको उद्योगीहरु बताउँछन् ।

हेटौंडा कपडा उद्योग, गोरकाली टायर र बुटोल धागो कारखाना सञ्चालन गरिने

लामो समयदेखि बन्द रहेका सरकारी उद्योगहरु सञ्चालन गरिने भएको छ । हेटौंडा कपडा उद्योग, गोरखकाली टायर र बुटवल धागो कारखाना सञ्चालन गरिने गरिने भएको हो ।

२०८०/८१ को नीति तथा कार्यक्रमा सार्वजनिक गर्दै राष्ट्रपति पौडेलले सो कुरा बताएका हुन् । प्रत्यक वर्षको सरकारले बन्द रहेको सरकारी उद्योग सञ्चालन गर्ने भन्दै आएका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर