नीति तथा कार्यक्रम वाचन सुरु, राष्ट्रपति देखिएनन् पूर्ण स्वस्थ – Nepal Press

नीति तथा कार्यक्रम वाचन सुरु, राष्ट्रपति देखिएनन् पूर्ण स्वस्थ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रमको वाचन सुरु गरेका छन् । प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त वैठकमा उनले नीति तथा कार्यक्रम पढ्न थालेका हुन् ।

राष्ट्रपति संसदमा प्रवेश गर्दा उनको स्वास्थ्यमा अझै पूर्ण सुधार नभएको देखिएको छ । उनी शारीरिक रुपमा कमजोर देखिएका छन् । सुरक्षाकर्मीले उनलाई समातेर आफ्नो आसनमा राखेका थिए । उनले कुर्सीमा बसेर नीति तथा कार्यक्रम पढिरहेका छन् । राष्ट्रपतिको आवाज भासिएको र काँपेको छ । अनुहारको कान्ति हराएको छ ।

यसअघि राष्ट्रपतिले नीति तथा कार्यक्रम वाचन सुरु गर्ने र प्रधानमन्त्रीले बाँकी पढ्ने गरी तयारी गरिएको थियो । तर, पछि राष्ट्रपति आफैंले सबै पढ्ने निर्णय लिएका थिए ।

राष्ट्रपति भएलगत्तै अस्वस्थ हुन थालेका पौडेल केही दिन भारतमा उपचार गरी फर्किएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर