महेश बस्नेतको टिप्पणी- बालेनको लौरोले टाउकोमा हानिसक्यो, घण्टी त्योभन्दा डेन्जर हुन्छ – Nepal Press

महेश बस्नेतको टिप्पणी- बालेनको लौरोले टाउकोमा हानिसक्यो, घण्टी त्योभन्दा डेन्जर हुन्छ

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले बालेनको लौरोभन्दा घण्टी डेन्जर भएको टिप्पणी गरेका छन् ।

नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन मध्यपुर थिमी नगर कमिटीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमालेले मात्रै जनताको काम गर्नसक्ने बताए ।

एमाले सधैं जनताको पक्षमा रहेको उल्लेख गर्दै पार्टी कमिटीहरुलाई पनि सेवामा समर्पित हुन आग्रह गरे ।

‘यहाँ बाआमाहरुमात्रै भेला हुनुहुन्छ अब छोराछोरीलाई पनि ल्याउनुपर्छ । छोराछोरी कहिले कहिले घण्टी बजाउने ? कहिले लौरो टेक्ने । त्यही लौरो आएर बस्ती भत्काउने, त्यही घण्टी आएर टाउकोमा हान्छ’, बस्नेतले भने, ‘अहिले घण्टी घण्टी भन्नुहुन्छ । हेर्नुहोला लौरो भन्दा घण्टी डेन्जर हुन्छ । तपाईंका छोराछोरी पनि घण्टी भनेर हिँडेका छन् होला यहाँ । अहिले लौरोले हान्छ बालेनले हान्छ भनिराख्नुभएको छ नि । त्यसैले घण्टी झन् डेन्जर भएर आउँछ रोक्नुहोला ।’

उनले सुकुम्बासी बस्ती हटाउने नभएर व्यवस्थित बनाउनुपर्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर