लडाकु शिविरदेखि सीसीटीभी फुटेज प्रकरणको पनि छानबिन गर्नुपर्छ : शंकर पोखरेल – Nepal Press

लडाकु शिविरदेखि सीसीटीभी फुटेज प्रकरणको पनि छानबिन गर्नुपर्छ : शंकर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले लडाकु शिविर घोटाला, बालुवाटार जग्गादेखि सीसीटीभी फुटेज प्रकरणको बारेमा छानबिन गर्न सरकारसँग माग गरेका छन् ।

पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नक्कली भुटानी शरणार्थी प्रकरण निष्पक्ष छानबिन हुनेमा आशंकासमेत व्यक्त गरे ।

उनले भने, ‘नेपालीलाई नक्कली शरणार्थी बनाइ विदेश पठाउन खोज्नु राज्यका विरुद्धको घात भएको छ । यस्ता घटनाप्रति राज्य सशक्त भएर काम गर्न आवश्यक छ । निर्दोष कसैलाई फसाउने र दोषी उम्किन नदिने गरी छानबिन हुनुपर्छ ।’

देशको आर्थिक अवस्था अहिलेको स्थितिमा पुग्नुको कारण प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा जिम्मेवार रहेको उनले आरोप लगाए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर