छोराको जन्मदिन सेलिब्रेसनमा शरद-निशाको खुशी – Nepal Press

छोराको जन्मदिन सेलिब्रेसनमा शरद-निशाको खुशी

काठमाडौं । दाम्पत्य सम्बन्धमा गम्भीर समस्या आएको चर्चाबीच नायिका निशा अधिकारी र क्रिकेटर शरद भेषावकरले छोराको जन्मदिन एकसाथ मनाएका छन् । निशाले बर्थ डे सेलिब्रेसनको तस्विर सामाजिक सञ्जालमा शेयर गर्दै आफ्नो भावना पोखेकी छन् ।

लामो समयपछि निशाले शरदसँगको तस्विर पोष्ट गरेकी हुन् । चोभारस्थित सपोर्टिभ चिल्ड्रेन इनिसिएटिभ फाउन्डेसनमा पुगी उनीहरुले जन्मदिन मनाएका थिए । अनाथालयका बच्चाहरुसँग जन्मदिन मनाउँदा शरद र निशा हर्षित मुद्रामा देखिन्छन् ।

छोराको आगमनले आफ्नो जिन्दगी पूर्ण भएको निशाले बताएकी छन् । युभानको जन्म भएसँगै आफूले जिन्दगीमा पाँच विशेष कुरा सिकेको उल्लेख गर्दै उनले ती सिकाइहरुलाई बुँदागत रुपमा लेखेकी छन् ।

‘छोराको आगमनले मलाई प्रेम, त्याग, समर्पण र धैर्यताको परिभाषा नजिकबाट बुझाएको छ’, उनी भन्छिन् । श्रीमानको विषयमा भने उनले केही लेखेकी छैनन् ।

निशा र शरदले २०७४ सालमा विवाह गरेका थिए । पाँच वर्ष लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका यी दुईले २०७५ सालमा अमेरिकामा युभानलाई जन्म दिएका थिए । सुमधुर देखिएको यी दुईको सम्बन्ध त्यति बेला समाचारको हेडलाइन बन्यो जब निशाले श्रीमानविरुद्ध अंशबन्डाको मुद्दा हालिन् ।

उनले गत वर्ष भदौ २८ गते काठमाडौं जिल्ला अदालतमा अंशबन्डाको मुद्दा दायर गरेकी थिइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर