प्रधानमन्त्रीलाई चित्रबहादुरको प्रश्न- पहिलो भ्रमण भारतबाटै गर्नुपर्ने के बाध्यता आइलाग्यो ? – Nepal Press

प्रधानमन्त्रीलाई चित्रबहादुरको प्रश्न- पहिलो भ्रमण भारतबाटै गर्नुपर्ने के बाध्यता आइलाग्यो ?

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पहिलो भ्रमण भारतबाटै गर्नुपर्ने के बाध्यता आइलाग्यो भनेर प्रश्न गरेका छन् ।

संसदमा सांसदहरुसँग सवालजवाफको क्रममा केसीले प्रधानमन्त्रीलाई यस्तो प्रश्न गरेका हुन् ।

केसीको प्रश्नपछि प्रधानमन्त्री प्रचण्डले नेपालीहरुको पहिले भारत भ्रमण नै गर्नुपर्ने कुनै बाध्यता नभएको बताए ।

उनले भने, ‘नेपालको त्यस्तो कुनै बाध्यता छैन । त्यस्तो बाध्यता छैन भन्ने कुराको जवाफ मैले मेरो पहिलो प्रधानमन्त्रीको कार्यकालमै व्यवहारबाटै दिइसकेको छु । तर, भारतसँगको हाम्रो खुला सिमाना, आर्थिक, व्यापारिक विशिष्टताको कारण गर्ने गरिए पनि कुनै बाध्यता छैन । त्यो कुरा हामीले प्रमाणित पनि गरिसकेका छौं ।’


प्रतिक्रिया

One thought on “प्रधानमन्त्रीलाई चित्रबहादुरको प्रश्न- पहिलो भ्रमण भारतबाटै गर्नुपर्ने के बाध्यता आइलाग्यो ?

  1. मालिकको सेवा गरेको नि । तिमीले समर्थन गरेको व्यक्ति उताका गुलाम हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर