शरणार्थी प्रकरणमा छानबिन गर्नु स्टण्टबाजी सोच्नु पनि भूल हुन्छ : प्रधानमन्त्री (भिडिओ) – Nepal Press

शरणार्थी प्रकरणमा छानबिन गर्नु स्टण्टबाजी सोच्नु पनि भूल हुन्छ : प्रधानमन्त्री (भिडिओ)

'जुनसुकै तहकाे पदाधिकारी भएपनि कानूनी कारबाही गरिन्छ'

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नक्कली भुटानी शरणार्थी प्रकरणको छानविन कुनै स्टण्टबाजी नभएको प्रष्ट्याएका छन् ।

सदनमा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिँदै जवाफ दिँदै सरकार भ्रष्टाचारीमाथि कारबाही गर्न निर्मम हुने बताए ।

उनले भने, ‘नक्कली भुटानी शरणार्थी बनाउने कुरा छ । यो तीन करोड नेपाली र विश्वको ध्यान केन्द्रित भएको छ । यो कसैले स्टन्डबाजी गर्ने कुरा सोच्नुपनि ठुलो भुल हुन्छ । हामी सबैको र देशकै प्रतिष्ठाको बिषय बनेको छ। भ्रष्टाचार र वेतिथिलाई रोक्ने थालनीबिन्दु हुँदैन। त्यसैले यसलाई कुनै आशंका गर्नुपर्दैन ।’

प्रधानमन्त्री प्रचण्डले नक्कली उक्त प्रकरणका दोषी जुनसुकै तहका व्यक्ति भएपनि कानूनी कारबाहीको दायरामा ल्याइने दाबी गरे ।

सांसद मेटमणि चौधरीले प्रतिनिधि सभा सदस्य शेरबहादुर कुँवरमार्फत सोध्नुभएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले दोषी जुनसुकै तहका पदाधिकारी तथा व्यक्ति भएपनि कानूनी दायरामा ल्याउन कुनै कसर बाँकी नराख्ने बताए ।

उनले प्रहरीको निष्पक्ष र व्यवसायिक अनुसन्धानमा हालसम्म कुनैपनि हस्तक्षेप नभएको र आगामी दिनमा पनि हस्तक्षेप नगरिने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर