सदनमा सांसदहरूको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड (लाइभ) – Nepal Press

सदनमा सांसदहरूको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड (लाइभ)

काठमाडौं । प्रतिनिधिसभाको बैठक सुरू भएको छ ।

आजको बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जवाफ दिने कार्यतालिका रहेको छ । प्रत्येक महिनाको पहिलो साता प्रधानमन्त्रीले सांसदहरूको सवालको जवाफ दिने नियमावलीमा व्यवस्था छ ।

प्रधानमन्त्रीसँगको प्रश्नोत्तरमा समयसामयिक विषय र जनताको समस्या उठान गर्ने गरी यो व्यवस्था गरिएको हो ।

साथै, प्रधानमन्त्रीले ‘राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका सम्बन्धमा गरेका काम र प्राप्त उपलब्धिसहितको आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन’ पनि पेश गर्ने छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर