गायक सुनिल दवाडीको ‘मोर सजना’ मा विकाश-अलिशाको रोमान्स – Nepal Press

गायक सुनिल दवाडीको ‘मोर सजना’ मा विकाश-अलिशाको रोमान्स

काठमाडौं । गायक सुनिल दवाडीको ‘मोर सजना’ बोलको गीतको भिडिओ सार्वजनिक भएको छ । गायक दवाडी र गायिका अनु चौधरीको स्वर रहेको यस भिडिओमा नेपाली र थारु संस्कृतिबीच मौलाएको प्रेम कथालाई प्रस्तुत गरिएको छ ।

भिडिओमा दुई फरक जातीय संस्कृतिबीच मौलाएको प्रेम कहानीलाई निर्देशक प्रकाश धितालले चित्रित गरेका छन् । उमेश मुस्कानको शब्द तथा संगीत रहेको यस गीतमा केशव बडुको एरेन्ज, अमित जोशी (इन्डिया) को मिक्सिङ तथा मास्टरिङ रहेको छ ।

अलिशा बास्तोला र विकाश चौहान अभिनित भिडिओको छायांकन उत्सव दाहालले गरेका हुन् भने विकाश दाहालले सम्पादन । ‘मोर सजना’ इन्जिनियर दवाडीको आफ्नै अफिसियल च्यानल सुनिल दवाडीबाट बजारमा सार्वजनिक गरिएको हो ।

सुनिलले यसअघि केबल तिमी हौ, बाह्रै टक्का, याद, तारा झार्दिन्छु, आफ्नै बाटोलगायतका गीत बजारमा ल्याएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर