काठमाडौं आउँदै गरेका तीनवटा अन्तर्राष्ट्रिय उडान खराब मौसमका कारण होल्ड – Nepal Press

काठमाडौं आउँदै गरेका तीनवटा अन्तर्राष्ट्रिय उडान खराब मौसमका कारण होल्ड

अरु दुईवटा अन्तर्राष्ट्रिय विमानस्थल हुँदाहुँदै आकाशमै किन गरिन्छ होल्ड ?

काठमाडौं । काठमाडौंको मौसम बिग्रिएपछि तीनवटा अन्तर्राष्ट्रिय उडान होल्ड भएको छ । दिल्लीबाट आउँदै गरेको भिस्तारा एयरलाइन्स र कतारको दोहाबाट आउँदै गरेको कतार एयरवेज होल्ड भएको छ ।

दिल्लीबाट नै नेपालतर्फ आउँदै गरेको नेपाल एयरलाइन्सको जहाजलाई पनि होल्ड गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले बताए ।

उनका अनुसार आन्तरिक उडान पनि प्रभावित भएको छ । काठमाडौं बाहिरबाट आउने जहाजलाई पनि डाइभर्ट गरिएको छ ।

अरु दुईवटा अन्तर्राष्ट्रिय विमानस्थल हुँदाहुँदै आकाशमै किन गरिन्छ होल्ड ?

काठमाडौंको मौसम बिग्रिएका कारण तीनवटा अन्तर्राष्ट्रिय उडान आकाशमै होल्ड भएका छन् ।

नेपालमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहेक अरु दुइवटा (पोखरा क्षेत्रीय र गौतमबुद्ध) अन्तर्राष्ट्रिय विमानस्थल पनि छन् ।

तर किन लगिदैन होल्ड भएका जहाजलाई अरु दुई विमानस्थलमा भनेर हामीले टिआईएका प्रवक्तालाइ सोध्यौ । प्रवक्ता टेकनाथ सिटौलाले भैरहवा विमास्थलमा जहाज जान सक्ने भएपनि त्यहाँ राम्रो सेटअप भइनसकेकाले जहाजहरु त्यता ल्याण्ड गर्न नमान्ने बताए ।

उनले भने, ‘भैरहवामा सेटअप भइसकेको छैन । होटल देखि लिएर अन्य सेवा सुविधामा समस्या छ । जहाजमा समस्या हुँदा बनाउन समस्या छ । पोखरामा भने ठुला जहाज ल्याण्ड गर्न सकिदैन । काठमाडौमा यतिबेला मेघ गर्जनसहित मुसधारे पानी परिरहेको छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर