हेटौंडामा पिकअप भ्यानको ठक्करबाट बालकको ज्यान गयो – Nepal Press

हेटौंडामा पिकअप भ्यानको ठक्करबाट बालकको ज्यान गयो

हेटौंडा । मकवानपुरको हेटौंडामा पिकअप भ्यानको ठक्करबाट एकजना बालकको ज्यान गएको छ । हेटौंडा उपमहानगरपालिका वडा ११ मा पिकअप भ्यानको ठक्करबाट बालकको ज्यान गएको हो ।

आज बिहान हेटौंडा-११ को नमुना चोक स्थित भित्री सडक खण्डमा सिमलटारबाट हेटौंडा बजारतर्फ आउँदै गरेको बागमती प्रदेश-०३-००१ च १५९७ नम्बरको बोलेरो पिकअप गाडीले ठक्कर दिँदा बालकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा सुमि डिङ्डुङको २ वर्षीय छोरा समर लो रहेको प्रहरीले जनाकारी दिएको छ । गाडीको ठक्करबाट गम्भीर घाइते भएका समरलाई उपचारको लागि हेटौंडा अस्पताल पुर्‍याउँदा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । ठक्कर दिने गाडी र चालक प्रहरीले नियन्त्रणमा रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *