कैलालीको कुचैनीमा सनराइज बैंकको शाखारहित सेवा – Nepal Press

कैलालीको कुचैनीमा सनराइज बैंकको शाखारहित सेवा

काठमाडौं । सन्राइज बैंक लिमिटेडले कैलाली गौरीगंगा कुचैनीमा शाखारहित बैंकिङ सेवा सुरू गरेको छ । शाखारहित बैंकिङ सेवा सञ्चालनमा गणेशप्रसाद पौडेललाई नियुक्त गरेको छ ।

कार्यक्रममा वडा अध्यक्ष मनीराज जोशी र अत्तरिया शाखाका प्रमुख मातृका खड्का तथा स्थानीय व्यापारी, बुद्विजीवि, समाजसेवीलगायत उपस्थित थिए ।

बैंकिङ्ग सेवाको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाउँबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत ए.टि.एम कार्ड मार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ । उक्त सेवाबाट ग्राहकले निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण जस्ता सेवाहरू लिन सकिने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर