एमाले अलोकतान्त्रिक बन्यो, कांग्रेस र कम्युनिष्टबीच भ्रष्टाचारमा प्रतिस्पर्धा भइरहेको छ : माधव नेपाल – Nepal Press

एमाले अलोकतान्त्रिक बन्यो, कांग्रेस र कम्युनिष्टबीच भ्रष्टाचारमा प्रतिस्पर्धा भइरहेको छ : माधव नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नेकपा एमाले अलोकतान्त्रिक बनेको बताएका छन् ।

बुधवार मदन—आश्रित स्मृति दिवसलाई काठमाडौंमा सम्बोधन गर्दै उनले यस्तो बताएका छन् ।

उनले नेकपा एमालेभित्रका अलोकतान्त्रिक चरित्रहरू हटाउन एमाले नेता तथा कार्यकर्ताहरूलाई सुझाव दिए । उनले एमालेभित्र नीति भन्दा नेता प्रधान र व्यक्तिवाद हाबी भएको आरोप लगाए । उनले नेकपा एमालेले जबजबाट विचलित भएको आरोप लगाए ।

अध्यक्ष नेपालले देश भ्रष्टाचारमा चुर्लुम्म डुबेको उल्लेख गर्दै नेपालमा काँग्रेस, कम्युनिष्टबीच भ्रष्टाचारमा प्रतिस्पर्धा भइरहेको बताए ।

सरकारमा रहेकाहरूमा कसरी पैसा कमाउने र कसरी जनतालाई लुट्ने भन्ने प्रवृत्ति हाबी रहेको नेपालको भनाई छ ।

उनले नेपालको राजनीतिलाई कसरी भ्रष्टिकरणबाट जोगाउने ? नेपालको कम्युनिष्ट आन्दोलनलाई कसरी भ्रष्टिकरणबाट जोगाउने ? भन्ने ठूलो चुनौती रहेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर