मट्टीतेल र डिजेलको भाउ घटाउँदा घटेर आएको पेट्रोलको मूल्य किन उस्तै ? – Nepal Press

मट्टीतेल र डिजेलको भाउ घटाउँदा घटेर आएको पेट्रोलको मूल्य किन उस्तै ?

काठमाडौं । आज इण्डियन आयल कर्पोरेशनले पेट्रोलियम पदार्थको मूल्य घटाएर पठायो । त्यहीअनुरुप नेपालमा पनि मूल्य समायोजन गर्ने तयारी भयो ।

नेपाल आयल निगमले भारतबाट घटेर आएकै अनुपातमा नेपालमा पनि इन्धनको मूल्य घटाउने अनुमान गरिएको थियो । तर आयल निगमको सञ्चालक समितिको बैठकले आजै राति १२ बजेदेखि लागू हुनेगरी डिजेल र मट्टितेलमा मात्रै प्रतिलिटर १० रुपैयाँले मूल्य घटाउने निर्णय गर्‍यो ।

आज भारतबाट पेट्रोलमा प्रतिलिटर ९ रुपैयाँ ५१ र डिजेलमा ८ रुपैयाँ ८ पैसाले मूल्य घटेर आएको भए पनि नेपाल आयाल निगमले भने डिजेल र मट्टितेलमा मूल्य घटायो तर पेट्रोलमा घटाएन । निगमले पेट्रोलमा मूल्य घटाएको भनेर सामाजिक सञ्जालमा आलोचनासमेत भइरहेको छ ।

नेपाल आयाल निगमका प्रवक्ता मनोजकुमार ठाकुर मूल्य घटाउदा नेपालबाट भारततर्फ पेट्रोल तस्करी हुने बताउँछन् ।

उनले नेपाल प्रेससँग भने, ‘अहिले सीमा क्षेत्रमा पेट्रोलमा २३ पैसामात्रै फरक छ । हामीले मूल्य घटाउने हो भने नेपालतर्फ पेट्रोल सस्तो भएर भारत तस्करी हुन्छ भनेर नै नघटेको हो ।’

डिजेल र मट्टितेलमा घटाएको नयाँ मूल्यअनुसार प्रतिलिटर १५५ रुपैयाँ पर्ने भएको छ ।

इन्डियन आयल कर्पोरेसनले हरेक १५ दिनमा निगमलाई पठाउने नयाँ मूल्यसूचीअनुसार डिजल र पेट्रोलको मूल्य समायोजन भएर आउने गर्छ । यसअघि भारतबाट मूल्य घटेर आउँदा निगमलाई १५ दिनमा एक अर्ब ६० करोड रुपैयाँ नाफा भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर