दैलेखमा चट्याङ लागेर एकै परिवारका चार जना घाइते – Nepal Press

दैलेखमा चट्याङ लागेर एकै परिवारका चार जना घाइते

सुर्खेत । दैलेखमा चट्याङ लागेर एकै परिवारका चार जना घाइते भएका छन्। दैलेखको डुंगेश्वर गाउँपालिका–२ लाकुरीमा सोमबार राति प्रवीन विकको घरमा चट्याङ पर्दा चार जना घाइते भएका हुन् ।

चट्याङ लागेर १६ वर्षीया हेमा विक, १७ वर्षीया पूर्णा विक, २१ वर्षीय पारस विक र २० वर्षीया पुष्पा विक घाइते भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिए । जसमा एक जनाको अवस्था गम्भीर रहेको छ ।

घाइतेहरूको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर