लागूऔषध अफिमसहित हेटौँडाबाट तीन जना पक्राउ – Nepal Press

लागूऔषध अफिमसहित हेटौँडाबाट तीन जना पक्राउ

हेटौँडा । मकवानपुर प्रहरीले लागूऔषध अफिमसहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले विशेष सूचनाको आधारमा प्रहरी टोलीले लागूऔषधसहित तीजनालाई पक्राउ गरेको हो ।

हेटौँडा–७ बाट स्थानीय ५६ वर्षीय जय बहादुर मोक्तान, बारा जिल्लाको निजगढ नगरपालिका–१२ का २४ वर्षीय विष्णुलाल थिङ, मकवानपुर जिल्लाको बकैया गाउँपालिका–६ का ३२ वर्षीय दिनेश थिङलाई २ केजी ९ सय ग्राम लागूऔषध अफिमसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुर प्रवक्ता प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर