कांग्रेस प्रवक्तालाई प्रश्न- शरणार्थी प्रकरणमा देउवा किन मौन ? (भिडिओ) – Nepal Press

कांग्रेस प्रवक्तालाई प्रश्न- शरणार्थी प्रकरणमा देउवा किन मौन ? (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशरण महतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पार्टी सभापति शेरबहादुर देउवा मौन नरहेको प्रष्टाएका छन्।

समसामयिक विषयमा कांग्रेसको धारणा सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन्।

नक्कली शरणार्थी प्रकरणमा पार्टी सभापति किन मौन भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले भने, ‘उहाँको पहिल्यैदेखि धेरै बोल्ने बानी छैन। तर, उहाँले अनुसन्धानमा सहयोग हुन्छ भनिराख्नुभएको छ। दोषी निर्दोष हुने निर्दोष दोषी हुने कुरा हुन्न। कानूनी प्रक्रिया अनुसार अघि बढ्छ।’

उनले यो प्रकरणले सत्ता गठबन्धन नभत्किने पनि बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर