स्रोत नखुलेको ९ लाख भारतीय रुपैयाँसहित दुई जना पक्राउ – Nepal Press

स्रोत नखुलेको ९ लाख भारतीय रुपैयाँसहित दुई जना पक्राउ

कैलाली । स्रोत नखुलेको ९ लाख भारतीय रुपैयाँसहित धनगढीबाट दुई जना पक्राउ परेका छन् । प्रहरीले धनगढी उपमहानगरपालिका- ४ शहीदगेटबाट दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका- १० जुगेडाका २८ वर्षीय विजय राना र २९ वर्षीय अक्षय राना रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खगेन्द्र साउदले जानकारी दिए ।

उनीहरूको साथबाट ५०० दरका ९ लाख भारतीय रुपैयाँ बरामद गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *