शरणार्थी प्रकरण- आङतावा शेर्पाद्वारा प्रहरीमा आत्मसमर्पण – Nepal Press

शरणार्थी प्रकरण- आङतावा शेर्पाद्वारा प्रहरीमा आत्मसमर्पण

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभासद आङतावा शेर्पाले प्रहरीमा आत्मसमर्पण गरेका छन् । शरणार्थी प्रकरणमा उनीविरुद्ध पक्राउ पूर्जी जारी भएको थियो ।

पूर्वसभासद शेर्पाले आज केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)मा पुगेर आत्मसमर्पण गरेको स्रोतले बतायो । उनले शरणार्थी प्रकरणका एक नाइके सानु भण्डारीलाई हिरासतमै गएर भेटेका थिए । आइतबार पक्राउ पूर्जि जारी गरेपछि उनी सम्पर्कविहीन भएको बताइएको थियो ।

शेर्पा रामेछापबाट २०७० सालमा सभासद निर्वाचित भएका थिए । उनी शरणार्थी प्रकरणमा पक्राउ पर्ने १४ औं व्यक्ति बनेका छन् ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर