नेप्सेमा झिनो अंकको गिरावट, कारोबार रकम पनि ह्वात्तै घट्यो


काठमाडौं । साताको दोस्रो दिन सोमबार शेयर बजारमा झिनो अंकले गिरावट आएको छ ।
आज नेप्से परिसूचक ३.३४ अंकले घटेर १८१८.३१ बिन्दुमा कायम भएको छ ।
आज २३ लाख ४१ हजार २४० कित्ता शेयरको खरिदबिक्री हुँदा ७२ करोड ४९ लाख ६९ हजार ९८० रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो कारोबारको तुलनामा आज कारोबार रकम भने ह्वातै घटेको हो ।
कारोबाका आधारमा आज सर्वाधिक नाफा कमाउनेमा एनआइविएल ग्रोथ फण्ड, आत्मानिर्भर लघुवित्त वित्तीय संस्था, राप्ती हाइडे एण्ड जनरर्ल कन्सट्रक्सन र सिभिल लघुवित्त वित्तीय संस्था रहेका छन् । भने, सर्वाधिक गुमाउनेमा सगरमाथा गुम्बिनी इन्सयोरेन्स, बाराही हाइड्रोपावर, कुमारी इक्युटी फण्ड रहेका छन् ।
त्यस्तै, उपसमूहतर्फ आज चारवाटा समुहबमहेक बाकि ९ वाटा समूहको सेयर मूल्य घटेको छ ।
सोमबार बजारपुँजीकरण भने २६ खर्ब ५१ अर्ब रुपैयाँ रहेको छ ।