आजदेखि एमडीएमएस सिस्टम पूर्ण रूपमा लागू हुँदै, के हो एमडीएमएस ? – Nepal Press

आजदेखि एमडीएमएस सिस्टम पूर्ण रूपमा लागू हुँदै, के हो एमडीएमएस ?

काठमाडौं । आजदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) पूर्ण रूपमा लागू भएको छ ।

नेपालमा मोबाइल सेटको प्रयोग र आयातलाई व्यवस्थित गर्न जेठ १ गतेदेखि एमडीएमएस पूर्ण रूपमा लागू भएको नेपाल दूरसञ्चार प्राधिकरणले बताएको छ ।

व्यक्तिगत प्रयोजनका लागि विदेशबाट ल्याएर भन्सार कार्यालयमा जाँच पास भएका मोबाइल सेट एमडीएमएस प्रणालीमा स्वतः दर्ता हुने व्यवस्था गरिएको छ । यो सिस्टम कार्यान्वयनमा आएपछि अवैध आयात रोकिने छ ।

नेपाल भित्र मोबाइल खरिद गर्दा ती मोबाइल सेट नेपाल दूरसञ्चार प्राधिकरणको एमडीएमएस प्रणालीमा दर्ता भए/नभएको हेरेर मात्रै किन्न प्राधिकरणले अनुरोध गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर