कतार पुलिसमा लगाई दिने भन्दै १९ जनाबाट ६७ लाख लिएर सम्पर्कविहीन लिम्बु पक्राउ – Nepal Press

कतार पुलिसमा लगाई दिने भन्दै १९ जनाबाट ६७ लाख लिएर सम्पर्कविहीन लिम्बु पक्राउ

काठमाडौं । कतार पुलिसमा जागिर लगाई दिने भन्दै मोटो रकम उठाएर सम्पर्कविहीन भएको आरोपमा एकजना पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ताप्लेजुङको आठराई त्रिवेणी स्थायी घर भई काठमाडौंको थापागाउँ बस्दै आएका ४९ वर्षीय रुद्रबहादुर लिम्बु्लाई पक्राउ गरेको हो । लिम्बुसहितको समूहले १९ जनाबाट ६७ लाख रुपैयाँ उठाएर ठगी गरेको आरोप छ ।

कतार पुलिसमा जान जनही ७ लाख रुपैयाँ लाग्ने र मासिक एक लाख रुपैयाँभन्दा बढी आम्दानी हुने प्रलोभन देखाएर पैसा उठाएपछि गिरोह काम नगरी फरार भएको प्रहरीले जनाएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *