माध्यमिक तहको लाइसेन्स परीक्षाका लागि आवेदन खुला – Nepal Press

माध्यमिक तहको लाइसेन्स परीक्षाका लागि आवेदन खुला

काठमाडौं । माध्यमिक तहको शिक्षकका लागि अध्यापन अनुमति पत्र (लाइसेन्स)का लागि आवेदन खुलेको छ । शिक्षक सेवा आयोगले यही वैशाख २९ गतेको निर्णयअनुसार आवेदन खुला गरिएको सूचना जारी गरेको हो ।

मान्यताप्राप्त शिक्षा संस्थाबाट शिक्षाशास्त्र संकायबाट स्नातक तह उत्तीर्ण गरेको वा अन्य संकायबाट स्नातक तह उत्तीर्ण गरी शिक्षा विषयमा कम्तीमा १० महिने तालिम पूरा गरेको व्यक्तिले शिक्षक सेवा आयोगको अनलाइन प्रणालीबाट दरखास्त दिन सक्ने आयोगले जनाएको छ ।

एक हजार दस्तुर तिरेर आगामी जेठ २९ गतेसम्म र दोब्बर दस्तुर तिरेर असार ४ गतेसम्म आवेदन दिन सकिने छ ।

आगामी भदौ २३ गते परीक्षा सञ्चालन हुने जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *