दोषी ठहरिए देउवा, ओली र प्रचण्ड कसैलाई छोड्नु हुँदैन : डा.गोविन्द केसी (भिडिओ) – Nepal Press

दोषी ठहरिए देउवा, ओली र प्रचण्ड कसैलाई छोड्नु हुँदैन : डा.गोविन्द केसी (भिडिओ)

काठमाडाैं । भ्रष्टाचार ढाकछोपविरुद्ध वृहत् नागरिक आन्दोलन शुरु भएको छ । काठमाडौंको नक्सालमा नागरिक अगुवाहरू मिलेर भ्रष्टाचार र भ्रष्टाचार ढाकछोपविरुद्ध वृहत् आन्दोलन शुरु गरेका हुन् ।

प्रदर्शनमा बोल्दै वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले भुटानी शरणार्थी प्रकरणको सत्यतथ् छानबिन गर्न सरकारले खुट्टा कमाउनु नहुने बताए ।

उनले भ्रष्टाचारको विस्तृत छानबिन हुनुपर्ने र निष्पक्ष रूपमा छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताए ।

सरकारले शीर्ष नेताहरूको पनि छानबिन गर्नुपर्ने र छानबिनमा दोषी ठहरिए कारबाही गर्नुपर्ने उल्लेख गर्दै केसीले ठूला नेताहरू भ्रष्ट नभईकन साना तहका नेताहरूले भ्रष्टाचार गर्न हिम्मत नगर्ने बताए ।

उनले प्रधानमन्त्री पुष्पकमल दाहालको पार्टी भ्रष्टाचार गर्ने भाग नपुगेका कारण अहिलेको भुटानी शरणार्थी प्रकरण बाहिर ल्याएको तर कोही पनि पार्टी भ्रष्टाचार गर्नबाट ओभानो नरहेको स्पष्ट पारे ।


प्रतिक्रिया

One thought on “दोषी ठहरिए देउवा, ओली र प्रचण्ड कसैलाई छोड्नु हुँदैन : डा.गोविन्द केसी (भिडिओ)

  1. भैरहेका मेडिकल कलेजसँग तिमीले पैसा खाएर थप कलेज खोल्न र‍ोकेको भन्ने कुराको पनि छानबिन हुनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर