तरुण दलको भेला- शरणार्थी प्रकरणमा कांग्रेसलाई मात्र निशाना बनाए चुप लागेर नबस्ने


काठमाडौं । नेपाली कांग्रेसनिकट युवाहरूको संगठन नेपाल तरुण दलका नेताहरूले नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेसलाई मात्र निशाना बनाउनसक्ने भन्दै आशंका व्यक्त गरेका छन् ।
उक्त प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाण तरुण दलका पुर्वअध्यक्षसमेत हुन् ।
तरुण दल केन्द्रीय कार्यालय रवि भवनमा बागमती प्रदेशलगायत विभिन्न जिल्लाका सभापतिसँग केन्द्रीय अध्यक्ष विद्वान गुरुङले छलफल गरेका थिए ।
सोक्रममा गुरुङले अहिलेको व्यवस्था प्रणालीमाथि अस्वाभाविक क्रियाकलाप बढेको भन्दै सम्भावित परिस्थितिप्रति सचेत रहन निर्देशन दिए ।
छलफलमा शरणार्थी प्रकरणलाई लिएर कांग्रेसप्रति मात्र तिर तेर्साउने र अरु दलका नेता-कार्यकर्ता मौन रहने हो भने चुप लागेर नबस्ने चेतावनी दिइएको छ ।
‘भुटानी शरणार्थी प्रकरणमा निष्पक्ष छानबिन नहुने र नेपाली कांग्रेसका नेताहरूलाई मात्र निशाना बनाएर अघि बढ्ने चेष्टा राखे कडा रूपमा प्रस्तुत हुन तयार हुनुपर्ने अध्यक्षज्यूले बताउनुभएको छ’, बैठकमा सहभागी एक नेताले भने ।
उक्त बैठकमा मुख्य सचिव ठान प्रसाद पोखरेल, काठमाडौं अध्यक्ष कृष्ण जि खड्का ,सोलुखुम्बु अध्यक्ष अशोक झा, सिन्धुपाल्चोक अध्यक्ष सञ्जय लामा, काभ्रे अध्यक्ष सुजन लामा, कैलाली अध्यक्ष दीपेन्द्र बम, डोल्पा अध्यक्ष तुलबहादुर बोहरा, बारा अध्यक्ष लोकेश सिंह, नुवाकोट अध्यक्ष सिंहराज तामाङलगायतका नेता सहभागी थिए ।
हाललाइ उपत्यका बाहिरको जिल्ला तरुण अध्यक्षहरूलाई तत्कालको लागि काठमाडौं नछाड्नसमेत निर्देशन दिइएको छ ।
खाएकै काग्रेस मात्रले हो कसलाई निशाना बनाउनु त ? प्रचण्डलाई निशाना बनाउने भए क्याण्टोनमेण्टको फाईल खोल्न माग गर ।
Lau na ta, aruka kaand haru ko barema pahilei thaho thiyo bhane choop lager kina basi rakhyaaa hola ni?