नक्कली भुटानी शरणार्थीमा खबरदारी गर्दै वाइसीएलको प्रदर्शन (तस्बिरहरु) – Nepal Press

नक्कली भुटानी शरणार्थीमा खबरदारी गर्दै वाइसीएलको प्रदर्शन (तस्बिरहरु)

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरण लगायतका भ्रष्टाचार नियन्त्रणका लागि अघि बढ्न खबरदारी गर्दै माओवादी सम्वद्ध जनवर्गिय संगठनहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् ।

भ्रष्टाचार विरुद्धको अभियानमा ऐक्यवद्धता र खवरदारी गर्रौ भन्दै माओवादी सम्बद्ध जनवर्गिय संगठनहरुले शुक्रबार काठमाडौंको माइतिघर देखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेका हुन् ।

उनीहरुले म माओवादी भ्रष्टाचार गर्दिन, भ्रष्टाचार गर्न पनि दिन्न, भ्रष्टाचारी मुर्दावाद, तपाईहरुको दववा सरकार सदनबाट, हाम्रो दवाव सडकबाट, अन्त्य गर्रौ भ्रष्टाचार लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

त्यस्तै प्रदर्शनमा सहभागीहरुले भ्रष्टाचार नियन्त्रणमा खुट्टा नकमाउन र कुनै दवावका कारण पछि नहट्न सरकारलाई सुझाव दिएका थिए ।


प्रतिक्रिया

One thought on “नक्कली भुटानी शरणार्थीमा खबरदारी गर्दै वाइसीएलको प्रदर्शन (तस्बिरहरु)

  1. भ्रष्टाचारी नेता बोक्ने पार्टीका भरौटेहरू हौ तिमीहरू । शिविर काण्डको छानबिन गर भन्ने हिम्मत छ ? सिसिटिभि गायब काण्डको छानबिन गर खोइ भनेको ? अहिलेको भ्रष्टाचारको फाईल खोलेर सत्ता लम्याएर लुटने बाहे प्रचण्डसँग केही पनि आस नगर्नु।

Leave a Reply

Your email address will not be published. Required fields are marked *