ऐन महरको प्रस्ताव- प्रदेशदेखि जिसस खारेज गराैं – Nepal Press

ऐन महरको प्रस्ताव- प्रदेशदेखि जिसस खारेज गराैं

काठमाडौं । नेकपा एमालेको जारी केन्द्रीय कमिटीको बैठकमा ऐन महरले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्थाको पक्षमा पार्टी उभिनुपर्ने प्रस्ताव अघि सारेका छन् । आजको बैठकमा प्रदेशको संरचना खारेज गर्नु उपयुक्त हुने सुझाव दिए ।

समानुपातिक निर्वाचन प्रणालिको खारेजि र प्रत्यक्ष निर्वाचन प्रणालिको व्यवस्था, धर्म निरपेक्षता नभएर धार्मिक स्वतन्त्रता भन्ने शब्द संविधानमा राख्नुपर्ने, जिल्ला समन्वय समिति खारेज गर्नु माग राखे ।

यस्तै, उच्च ओहोदामा रहेका सबै ब्यक्तिको सम्पति छानबिन गरिनुपर्ने, भ्रष्टाचारका विरुद्धमा पार्टीले अविलम्ब संघर्षका कार्यक्रम घोषणा गर्न माग गरे ।

उनले भने, ‘भ्रष्टाचारमा आरोपित र मुछिएका जोसुकै व्यक्तिलाई पार्टीले संरक्षण गर्नुहुँदैन र कानुन बमोजिम कारबाहि गर्न राज्यलाई सहयोग पुर्याउनु पर्छ ।’

मिसन ग्रासरूट अभियानको सफलतापछि अब मिसन रूफटप (नेतृत्व तहमा शुद्धिकरण तथा क्षमता अभिबृद्धि) अभियान सञ्चालन गर्नुपर्ने र संविधान बमोजिम शिक्षा र स्वास्थ्यलाई मौलिक हकको रुपमा व्यवस्था गरे बमोजिम पाटीले अबिलम्ब माध्यामिक शिक्षासम्म निशुल्क पढ्न पाउने हकको सुरक्षाको लागि संघर्ष गर्नेपर्ने बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर