इमरान खानलाई पक्राउ नगर्न उच्च अदालतले पनि दियाे आदेश – Nepal Press

इमरान खानलाई पक्राउ नगर्न उच्च अदालतले पनि दियाे आदेश

काठमाडौं । अल-कादिर ट्रस्ट भ्रष्टाचार प्रकरणमा पक्राउ परेका इमरान खानलाई इस्लामावाद उच्च अदालतले जमानतमा रिहा गर्न र कम्तिमा दुई हप्ता फेरि पक्राउ नगर्न आदेश दिएको छ ।

पाकिस्तानको सर्वोच्च अदालतले इमरान खानको गिरफ्तारीलाई अवैध ठहर गर्दै रिहा गर्न आदेश दिएको भोलिपल्ट उच्च अदालतले पनि यस्तो आदेश दिएको हो ।

इमरानलाई गत मंगलबार प्यारामिलिटरी फोर्सले भ्रष्टाचार मुद्दामा पक्राउ गरेको थियो । इमरान खान पक्राउ परेसँगै पाकिस्तानका विभिन्न शहरमा सुरु भएको विरोध प्रदर्शन हिसांत्मक बनेको रिपोर्टहरुमा उल्लेख छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर