यस्तो बन्यो गण्डकीमा सुरेन्द्रको टीम कसलाई कुन मन्त्रालय (सूचीसहित) – Nepal Press

यस्तो बन्यो गण्डकीमा सुरेन्द्रको टीम कसलाई कुन मन्त्रालय (सूचीसहित)

पोखरा । गण्डकीका नवनियुक्त ४ मन्त्रीले शपथ लिएका छन् । शुक्रबार प्रदेश प्रमुख निवासमा उनीहरुले सपथ लिएका हुन् ।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शुक्रबार बिहान ४ जनालाई मन्त्रीमा नियुक्त गरेका थिए । मुख्यमन्त्री पाण्डेले शुक्रबार कांग्रेसबाट महेन्द्रध्वज जिसी, दीपेन्द्रबहादुर थापा र जीतप्रकाश आले र माओवादीका रेशम बहादुर जुग्जालीलाई मन्त्री नियुक्त गरेका थिए ।

वैशाख १४ गते मुख्यमन्त्री नियुक्त भएका सुरेन्द्रराज पाण्डेले वैशाख १५ गते कांग्रेसकी सरस्वती अर्यात तिवारी र माओवादीकी सुशीला सिंखडालाई मन्त्री नियुक्त गरेका थिए ।

गण्डकीका ७ मन्त्री :

सुरेन्द्रराज पाण्डे : मुख्यमन्त्री

सुशिला सिंखडा : सामाजिक विकास तथा स्वास्थ्य

सरस्वती अर्याल तिवारी : ऊर्जा, जलस्रोत तथा खानेपानी

महेन्द्रध्वज जीसी : कृषि तथा भूमि व्यवस्था

रेशम जुग्जाली : भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था

जीतप्रकाश आले : आर्थिक मामिला

दीपेन्द्रबहादुर थापा : उद्योग, पर्यटन, वन तथा वातावरण

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर