परीक्षा केन्द्रअगाडि जथाभावी पर्चा बाँड्ने महानगरको फन्दामा (तस्बिरहरू/भिडिओ) – Nepal Press

परीक्षा केन्द्रअगाडि जथाभावी पर्चा बाँड्ने महानगरको फन्दामा (तस्बिरहरू/भिडिओ)

काठमाडौं । काठमाडौं महानगरपालिकाले परीक्षा केन्द्र भएको कलेज अगाडि पर्चा बाँड्नेलाई नियन्त्रणमा लिएको छ । महानगरको नगरप्रहरीले आज बिहान उपत्यकाका परीक्षा केन्द्रको गेटमा विज्ञापन गर्दै पर्चा बाँड्ने विभिन्न कलेजका विद्यार्थी, इन्ष्टिच्युट र शैक्षिक परामर्शदाता कम्पनीका कर्मचारीलाई नियन्त्रणमा लिएको हो ।

उनीहरूले कक्षा १२ को परीक्षा दिएर कलेजबाट निस्कँदै गरेको विद्यार्थीहरुलाई लक्षित गरि पर्चा बाँड्दै थिए । पर्चामा विभिन्न कलेजको विज्ञापनदेखि इन्स्टिच्युको विज्ञापन गरिएको थियाे । उनीहरुलाई पर्चा बाड्दै गरेको अवस्थामा विभिन्न कलेजहरुबाट नियन्त्रणमा लिएका नगरप्रहरी प्रमुख राजु पाण्डेले बताए। अहिलेसम्म २५ जना भन्दा बढीलाई नियन्त्रणमा लिइएको छ ।

। उनीहरुलाई नियन्त्रणमा लिएर बागदरबार लिएको छ । नगरप्रहरीले सम्बन्धित कलेजका प्रमुखलाई बोलाएर ५ हजार जरिवाना तिराएको छ । साथै पर्चा बाँडिरहेका विद्यार्थीहरुलाई चेतावनी दिएर छाडिएको छ । नगरप्रहरीको नियन्त्रणमा रहेका एक विद्यार्थीका अनुसार उनीहरुलाई पर्चा बाँडे बापत एकदिनमा ५ सय रुपैयाँ कलेजले दिने गरेको थियो ।

पर्चा बाँड्नको लागि कलेजहरुले आफनो विद्यार्थी प्रयोग गरेका थिए भने कन्सल्टेन्सीहरुले आफनो कर्मचारी खटाएका थिए । कलेज अगाडि पर्चा बाँड्दै सडक फोहोर गरेकाले उनीहरुलाई नियन्त्रणमा लिनुपरेको नगरप्रहरी प्रमुख पाण्डेले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *