पर्वत कांग्रेस सचिवका प्रत्याशीले पनि पार्टी छाडे – Nepal Press

पर्वत कांग्रेस सचिवका प्रत्याशीले पनि पार्टी छाडे

पोखरा । नेपाली कांग्रेस पर्वत जिल्ला सचिवका प्रत्याशी मोहन आचार्यले पार्टी छाडेका छन् । उनले सामाजिक सञ्जालमार्फत २५ वर्षदेखि आवद्ध भएको कांग्रेस परित्याग गरेको घोषणा गरेका हुन् । उनी कांग्रेस १४औं महाधिवेशनमा पर्वत जिल्ला सचिवमा हारेका थिए ।

‘करिब २५ वर्षको यात्राबाट विश्राम लिँदै फरक यात्राका माध्यमबाट जोडिने सोचमा,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् । आचार्य नेपाल विद्यार्थी संघको जिल्ला अध्यक्ष हुँदै केन्द्रीय सदस्य भएका थिए ।

पार्टीले अवसरवादीलाई मात्र ठाउँ दिएकाले आफूले पार्टी परित्याग गरेको आचार्यले प्रतिक्रिया दिए ।

‘अवसरवादी भयो, नेताको चाकडी गर्नेलाई मात्र अवसर मिल्ने भयो, हामी जस्तो इमान्दार मान्छेलाई काम छैन’, आचार्यले नेपाल प्रेससँग भने ।

यसअघि कांग्रेस पर्वतका सभापतिका प्रत्याशी प्रभावशाली युवा नेता मिलन सुवेदी ३१ जनाले एकैपटक पार्टी परित्याग गरेका थिए । जिल्ला कार्य समिति सदस्य किसान थापा, फलेबास नगरपालिकाका सचिव सागर भुसाल, प्रदेशसभा सदस्यको उम्मेदवार बनेका कमलराज पौडेल, नेविसंघका निवर्तमान जिल्ला सभापति सन्तोष पाठक लगायत थिए । उनीहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा समाहित भइसकेका छन् ।

त्यसको केही दिनपछि नेपाली कांग्रेस पर्वत प्रदेश सभा ‘२’ का क्षेत्रीय सचिव ठाकुर रसाईलीले पनि पार्टी परित्याग गरेका थिए । त्यसबीचमा ५० भन्दा बढी कांग्रेस नेता, कार्यकर्ताले पार्टी परित्याग गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर