समाजवादी प्रेस संगठन दाङमा नयाँ नेतृत्व, सूर्य बिसी बने अध्यक्ष – Nepal Press

समाजवादी प्रेस संगठन दाङमा नयाँ नेतृत्व, सूर्य बिसी बने अध्यक्ष

दाङ । नेकपा एसनिकट पत्रकारको संगठन समाजवादी प्रेस संगठन दाङको अध्यक्षमा लेखक एवं पत्रकार सूर्य बिसी निर्वाचित भएका छन् ।

बिसी यसअघि पूर्वमन्त्री मेटमणि चौधरीको प्रेस संयोजक समेत थिए ।

बिहीबार घोराहीमा आयोजित भेलाले बिसीको नेतृत्वमा ११ सदस्सीय संस्थापक कमिटी चयन गरेको छ । भेलाले उपाध्यक्षमा पुरन चौधरी र हरिकला बाँठा मगरलाई जिम्मेवारी दिएको छ भने सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमशः महम्मद याकुब, सिर्जना चौधरी र खिमा घर्ती मगर चयन भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर