परराष्ट्रमन्त्री बंगलादेश जाँदै, भारतीय विदेशमन्त्री र बंगलादेशी राष्ट्रपतिलाई पनि भेट्ने – Nepal Press

परराष्ट्रमन्त्री बंगलादेश जाँदै, भारतीय विदेशमन्त्री र बंगलादेशी राष्ट्रपतिलाई पनि भेट्ने

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउद बंगलादेशको ढाका जाँदै छन् । ढाकामा हुने छैटौं इन्डियन ओसन कन्फ्रेन्स- २०२३ मा भाग लिन उनी शुक्रबार बिहान ११ बजे विमानबाट त्यता जान लागेको सचिवालयले जनाएको छ ।

हिन्द महासागर क्षेत्रको मजबुत भविष्यका लागि शान्ति, समृद्धि र सहकार्य गर्न मूल कार्यपत्रमा छलफल गर्न सम्मेलन आयोजना गरिएको बताइएको छ । भारतीय विदेश मन्त्रालय, इन्डिया फाउन्डेसन र बंगलादेशको विदेश मन्त्रालयको संयुक्त आयोजनामा हुने सम्मेलन अवधिमा साउदले भारतीय विदेशमन्त्री एस. जयशंकर र बंगलादेशी रास्ट्रपति शेख हसिनासँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।

मन्त्री साउद बेलायती राजा चार्ल्स तृतीयको राज्याभिषेकमा सहभागी भई दुई दिनअघि नेपाल फर्किएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर