हेटौंडामा हेटौंडा मेयर कप राष्ट्रव्यापी खुला रेटिङ बुद्धिचाल हुने – Nepal Press

हेटौंडामा हेटौंडा मेयर कप राष्ट्रव्यापी खुला रेटिङ बुद्धिचाल हुने

हेटौंडा । हेटौंडामा शुक्रबार ‘हेटौंडा मेयर कप राष्ट्रव्यापी खुला रेटिङ बुद्धिचाल प्रतियोगिता सुरु हुने भएको छ ।

आज हेटौंडामा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताका निर्देशकसमेत रहेका नेपाल बुद्धिचाल महासंघका केन्द्रीय महासचिव धरमबहादुर लामाले तयारी पूरा भएको जानकारी दिए ।

उनले हेटौंडा- ११ स्थित होटल स्मारकमा हुने प्रतियोगितामा स्विस लिग प्रणालीअन्तर्गत ९ चरणको खेल खेलाइने बताए । प्रतियोगितामा देशभरबाट ९० जना खेलाडीले सहभागिता जनाउने महासचिव लामाले जानकारी दिए ।

जेठ २ गतेसम्म पाँच दिन सञ्चालन हुने प्रतियोगिता मकवानपुर जिल्ला बुद्धिचाल संघ, चेस क्लब र नेपाल खेलकुद महासंघको संयुक्त आयोजनामा हुनेछ । प्रतियोगिताका विजेताले एक लाख नगद प्राप्त गर्ने मकवानपुर जिल्ला बुद्धिचाल संघका अध्यक्ष मनोज श्रेष्ठले बताए ।

उनका अनुसार प्रतियोगतामा दोस्रो हुनेले ५० हजार, तेस्रो हुनेले २५ हजार तथा चौथो र पाँचौं हुनेले २०-२० हजार नगद प्राप्त गर्नेछन् ।

यसैगरी छैटौंदेखि दशौंसम्म हुनेले नगद १५-१५ हजार रुपैयाँ प्राप्त गर्ने छन् । विधागततर्फ उत्कृष्ट लोकलले १० हजार, उत्कृष्ट महिलाले १० हजार, उत्कृष्ट भेट्रान्स (५५ वर्ष उमेर समूह)ले १० हजार, उत्कृष्ट जुनियर (अन्डर १२, १४, १६ र १८) ४ जनाले १०-१० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।

यसैगरी उत्कृष्ट अनरेटेडलाई १० हजार र उत्कृष्ट रेटिङ बिलो (१८ सय, १६ सय र १४ सयभन्दा कम) भएका प्रत्येकले १०-१० हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगितामा उपाधि विजेतासहित २१ जनाले नगद पुरुस्कार प्राप्त गर्नेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर