पाकिस्तानमा प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा १० को मृत्यु – Nepal Press

पाकिस्तानमा प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा १० को मृत्यु

काठमाडौं । पाकिस्तानमा प्रदर्शनकारी र प्रहरीबीच भएको झडपमा परी कम्तीमा १० जनाको मृत्यु भएको छ ।

पूर्वप्रधानमन्त्री इमरान खानको पक्राउलाई लिएर मङ्गलबारदेखि जारी विरोधमा प्रदर्शनकारी र प्रहरीबीच देशका प्रमुख शहरमा झडपहरू भएका छन् । झडपमा परी कम्तीमा १० जनाको मृत्यु हुनुका साथै एक हजार ७५० भन्दा बढी घाइते भएका छन् ।

नाम नबताउने सर्तमा प्रहरी र अस्पतालका विभिन्न स्रोतले सिन्ह्वालाई दिएको जानकारीअनुसार घाइते हुनेमा एक हजार ३९३ सर्वसाधारण र ३५७ प्रहरी रहेका छन् । खानको पाकिस्तान तेहरिक-ए-इन्साफ (पीटीआई) पार्टीका कार्यकर्ताहरु पार्टी नेता पक्राउ परेपछि सडकमा उत्रिएका थिए ।

राष्ट्रिय जवाफदेही व्युरो (एनएबी)ले खानलाई भ्रष्टाचारको आरोपमा मङ्गलबार इस्लामावाद उच्च अदालत परिसरबाट हिरासतमा लिएको थियो ।

देशको सङ्घीय सरकारले राजधानी इस्लामावाद, पञ्जाब र खैबर पख्तुनख्वा प्रान्तका प्रमुख शहरहरूमा प्रदर्शनकारीहरूलाई रोक्न र कानून र व्यवस्था सुनिश्चित गर्न सेना तैनाथ गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर