आरजु राणालाई कालो झण्डा देखाउन सक्ने भन्दै युवा हेटौँडाबाट पक्राउ – Nepal Press

आरजु राणालाई कालो झण्डा देखाउन सक्ने भन्दै युवा हेटौँडाबाट पक्राउ

हेटौँडा । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको भन्दै हेटौँडा आएकी कांग्रेस केन्द्रीय सदस्य आरजु राणालाई कालो झण्डा देखाउन खोजेको भन्दै हेटौँडाबाट एकजना युवक पक्राउ परेका छन् ।

बागमती प्रदेश नीति तथा योजना आयोगले आयोजना गरेको महिलाहरूको पहुँच अभिवृद्धि तथा आर्थिक सशक्तिकरणसम्बन्धी आगामी कार्यदिशा तर्जुमा, अन्तरक्रिया तथा सुझाव संकलन कार्यक्रम एवम हेटौँडाको एक निजी सुपर मार्केट उद्घाटनको लागि हेटौँडा आएकी राणालाई सोही कार्यक्रममा सहभागी हुने क्रममा कालो झण्डा देखाउने संभावना रहेको भन्दै ति युवालाई पक्राउ गरेको हो ।

उनले सामजिक सञ्जाल फेसबुकमा राणालाई बहिष्कार गर्न अनुरोध गर्दै स्टाटस लेखेका थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर