टोपबहादुरबारे ओलीको धारणा- आशंका हुनसक्छ, तर अहिल्यै अपराधी करार गर्न सक्दैनौं (भिडिओ) – Nepal Press

टोपबहादुरबारे ओलीको धारणा- आशंका हुनसक्छ, तर अहिल्यै अपराधी करार गर्न सक्दैनौं (भिडिओ)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वाग्रही ढंगले कसैलाई फसाउन खोजेको आशंका गरेका छन् ।

केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै पार्टीका नेता टोपबहादुर रायमाझी संलग्न भएको करार अहिल्यै गर्न नसक्ने बताए ।

उनले भने, ‘भ्रष्टाचार प्रकरणमा हाम्रै पार्टीका साथीहरूको नाम आएको छ । हाम्रै सरकारमा रहेका साथीहरूको नाम आएको छ । जोसुकैको नाम आवस् यदि दोषी छ भने कारबाही हुनुपर्छ । जबसम्म मान्छे दोषी ठहरिँदैन दोषी रहन्छ कि भन्ने आशंका गर्न सकिन्छ । तर, हामी अपराधी हो भनेर करार गर्न वा दोषी नै छ भनेर करार गर्न सक्दैनौँ । त्यसको अदालति प्रक्रिया बाँकी हुन्छ । त्यसमा हामीले ढुक्क धारणा बनाउन सक्दैनौं ।’

भ्रष्टाचारको प्रकरणमा छानबिनको क्रममा कसैलाई फसाउन बलजफ्ती मोड्ने प्रयास भइरहेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर