चितवन मेडिकल कलेज : छात्राले आत्महत्या गरेको घटनाको निष्पक्ष छानबिन गर्न माग


काठमाडौं । चितवन मेडिकल कलेजमा छात्राले गरेको आत्महत्याको छानबिन चिकित्सा विद्यार्थी राष्ट्रिय कमिटीले माग गरेको छ ।
बीडीएस चौथो वर्षमा अध्ययनरत छात्रा सिम्रन थापालाई परीक्षा दिइरहेको समयमा शिक्षकहरूले बाहिर निकालेपछि आत्महत्या गरेको भन्दै विद्यार्थीहरूले छानबिनको माग गरेका हुन् ।
घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न पनि उनीहरूले अपिल गरेका छन् ।
यस्तै मेडिकल कलेजहरूमा विभिन्न बहानामा मानसिक तनाव दिने गरिएको, विद्यार्थीहरूलाई हेप्ने, तुच्छ शब्दमा गाली गर्ने गरेकोमा सो कार्य रोक्नुपर्ने उनीहरूको माग छ ।
अतिरिक्त क्रियाकलापमा लागेका विद्यार्थीलाई परीक्षामा फेल गराउने कार्य रोक्न पनि विद्यार्थीहरूको माग छ ।