गण्डकी प्रदेश सभा सांसद शेरचनले त्यागे सचिव पद, कांग्रेसद्वारा राजीनामा स्वीकृत


पोखरा । गण्डकी प्रदेशमा प्रदेश सभा सांसद विकल शेरचनले नेपाली कांग्रेस मुस्ताङ कार्यसमिति सचिव पदबाट राजीनामा दिएका छन् ।
प्रदेश सभा सदस्य निर्वाचित भएपछि दिएको शेरचनको राजीनामा मंगलबार स्वीकृत भएको हो । कांग्रेस मुस्ताङका सचिव छेवाङ नोर्वू गुरुङले विज्ञप्ती जारी गर्दै शेरचनको राजीनामा स्वीकृत भएको जनाएका हुन् ।
सांसद शेरचनले नैतिकता र स्वार्थ बाझिने अवस्थाबाट मुक्त रहन सचिव पदबाट राजीनामा दिएको प्रतिक्रिया दिए ।
उनले स्वार्थ नबाझिऊन् भन्दै कृषक समुह र हिमाली नामको एनजीओ, आदिवासी जनजाति युवा महासंघको संघीय परिषद सदस्य, थकाली युवा परिवार नेपालको केन्द्रीय सचिव पदबाट पनि मंसिर महिना मै राजीनामा दिइसकेका छन् ।
उनी मुस्ताङ प्रदेश सभा २ बाट निर्वाचित भएका थिए ।